७ मंसिर २०८१, शुक्रबार

आचारसंहिता उल्लंघन गर्ने जो कोहीलाई कारबाही गरिन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया


एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो कोहीलाई पनि कारबाही गरिने चेतावनी दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनका लागि जारी गरिएको आचारसंहिता उल्लघन गर्ने काम क्षम्य नहुने भन्दै पालना नगर्नेलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएका हुन् ।

निर्वाचन आयोगले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिता पालना नगर्नेलाई निर्वाचन कसुरमा कारवाही गर्न आयोग तयार रहेको बताएका हुन् ।

उनले निर्वाचनको आचारसंहिता उल्लघन गर्ने काम निर्वाचन कसुर हुने भएकाले त्यस्ता दल र उम्मेदवारलाई कारबाही गर्न आयोग सदैव तयार रहेको पनि स्पष्ट पारेका हुन् ।

उनले हरेक उम्मेद्धवारले लाभको पदमा नरहेको स्वघोषणा गर्नुपर्ने र सोको जिम्मेवार स्वयम् आफू नै हुनुपर्ने जोड दिंदै निर्वाचनका क्रममा सामाजिक सञ्जालको प्रयोग गर्न मिल्ने तर दुरुपयोग गर्न नहुने बताएका हुन् । आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू हुने पनि बताएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !