काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दिलेन्द्रप्रसाद बडूलाई नियुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको ७८ को उपधारा (१) बमोजिम बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को हेरफेर गरेका हुन् । प्रधानमन्त्री देउवाले अधिवक्ता बन्दीलाई कानून मन्त्री बनाएपछि यसअघि उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
यद्यपि प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालय आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् । नवनियुक्त मन्त्री बन्दीको सपथका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्री कार्यालय बालुवाटारले राष्ट्रपति कार्यालय शीतल निवासलाई जानकारी समेत गराइसेको छ ।