१२ असार २०८१, बुधबार

प्रचण्डको चाहना : धेरै महिलालाई पालिका प्रमुख र मेयर बनाउने विचार छ


प्रचण्‍ड

चितवन । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै महिलालाई पालिका प्रमुख र मेयर बनाउने आफ्नो विचार भएको चाहना प्रकट गरेका छन् ।

आज बुधबार चितवनको आँपटारीमा भूमिहीन दलितहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले महिलामा इमानदारिता र सुशासन बढी हुने भएकोले तुलनात्मक रुपमा महिलाहरुले अग्रसरता लिएको ठाउँमा सफलता, इमानदारिता सुशासन बढी देखिएको बताएका हुन् ।

उनले महिलाहरुले चाह्यो भने धेरै गर्न सक्ने भएकोले आफूले शशी श्रेष्ठलाई भूमि व्यवस्था मन्त्री बनाउँदा उनको इच्छाशक्ति र दृढता देखेर आफूले आँट गरेर काम गर्न उत्प्रेरणा दिएको समेत बताए । उनले उर्जामन्त्री पनि महिलै पम्फा भुसाललाई बनाएकोमा उनले २० युनिट मुक्त गरेर लाखौ ग्राहक लाभान्वित भएको दृष्टान्त प्रस्तुत गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !