१० मंसिर २०८१, सोमबार

सत्ता गठबन्धनको बैठक भोलि बस्ने, तालमेलको ‘मोडालिटी’ तय गर्ने


सत्ता गठबन्धन बैठक

काठमाडौं । सत्ता गठबन्धनको बैठक भोलि बस्ने भएको छ । सत्ता गठबन्धनको एक दल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले स्थानीय तहको निर्वाचनमा तालमेलको ‘मोडालिटी’ तय गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक भोलि बस्ने नेपालपत्रलाई जानकारी दिएकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणपछि आइतबार साँझ स्वेदश फर्किएकोले चुनावी तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न भोलि मंगलबार बैठक बस्ने भएको हो । यसअघि प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानुअघि पनि सत्ता गठबन्धनको बैठक बसेको थियो ।

गठबन्धनको बैठक भोलि बस्ने भएपनि कुन समय बस्छ भन्ने समय तय भई नसकेको पौडेलले बताइन । गत १७ चैतमा आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने गठबन्धनले निर्णय गरेपछि प्रदेशदेखि पालिकास्तरमै तालमेल र त्यसको मोडालिटीबारे छलफल जारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !