७ मंसिर २०८१, शुक्रबार

सहिद परिवारलाई उपराष्ट्रपति पुनद्वारा राहत र सम्मान


उपराष्ट्रपति नन्दबहादुर पुन

धनुषा । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्ने काम अझै बाँकी रहेको र त्यो चाँडै गठन हुने उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् ।

उपराष्ट्रपति पुनले सहिदको सपना साकार पार्ने अभियानअन्तर्गत देशले जनताको संविधान पाएको उल्लेख गरे । शहादत प्राप्त गर्ने सबै शहीदको सपना उच्च र निस्स्वार्थ रहेको उनको भनाइ छ । सशस्त्र द्वन्द्वमा मृत्यु भएका र विभिन्न घटनामा मृत्यु भई सरकारले शहीद घोषणा गरेका व्यक्तिका परिवारलाई सम्मान तथा राहत हस्तान्तरण गर्न सर्लाही आएका उपराष्ट्रपति पुनले देशमा आमूल परिवर्तन ल्याउन सहिदले खेलेको भूमिका सदैव अमर रहने र पूरा नभएका सपना साकार पार्न सधैँ लागि रहने बताए ।

मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय मातहत रहेको मधेसी सहिद प्रतिष्ठानको आयोजनामा सहिदका परिवारलाई राहत प्रदान र सम्मान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले सर्लाहीका ६० सहिद परिवारलाई सम्मान गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !