काठमाडौं । सरकारले तेजाव आक्रमणविरुद्ध र यौन हिंसाविरुद्धका दुई वटा अध्यादेश ल्याउने भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तेजाव आक्रमण र यौन हिंसा गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।
अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएसँगै तेजाव आक्रमण र यौनहिंसा पीडितलाई कारवाही गर्न समस्या पर्ने देखिएसँगै सरकारले यी दुई अध्यादेश जारी गर्न लागेको हो । सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी हुनेछन् ।