१ मंसिर २०८१, शनिबार

प्रचण्डको दावी : माओवादीकै नेतृत्वमा देश लोडसेडिङ्गमुक्त भएको हो


प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङ्गको कहालीलाग्दो अवस्थाबाट मुक्त भएको दावी गरेका छन् ।

राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको आज उद्घाटन गर्दै उनले अब नेपाली जनताको जिविकोपार्जन नै बिजुली हुने बताए । नेपालको अपार जलस्रोतको भण्डारलाई उर्जा उत्पादनको क्षेत्रमा क्रान्तिकारी छलाङ मारिरहेको र यसलाई सरकारले उर्जाखानीको रूपमा विकास गर्नुपर्ने बताए ।

उनले अथाह उर्जा उत्पादन यसको बजारीकरण र विश्वबजारमा बिजुली बेचेर आर्थिक क्रान्ति गर्दै समृद्धिको यात्रा तय गर्नुपर्ने बताए । चितवनमा अबको ५० बर्षलाई धान्नेगरी ठूला ठूला भौतिक पूर्वाधारको योजना बनाउन मन्त्री तथा प्राधिकरणका कार्यकारी निर्देशकलाई उहाँले आग्रह गरे ।

सो अवसरमा अध्यक्षले चितवन, मकवानपुर र नवलपुरलाई एकिकृत गरी विकास प्राधिकरण निर्माण गरी यस क्षेत्रको बृहत्तर विकास गर्ने योजनाका साथ आफू अगाडि बढिरहेको समेत बताए । विकासमा सबैको समान चिन्ता र चासो हुनुपर्ने बताउदै सबैको सामुहिक प्रयासले मात्र उपलब्धी हाँसिल हुने उनको भनाई थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !