११ वैशाख, काठमाण्डौ । गगन थापाले काँग्रेस केन्द्रीय समितिको बैठकमा युवा केन्द्रिय सदस्यहरुको संयुक्त प्रस्तावलाई प्रस्तुत गर्ने भएका छन् ।
अधिकांश युवा नेताहरुले बोलिसकेकाले थापाले बोलेपछि उनले संयुक्त प्रस्ताव पेश गर्ने बताइएको छ । ५१ पृष्ठ लामो संयुक्त प्रस्ताव रहेको बताइएको छ ।
हस्ताक्षर बाँकी केही युवा नेताले फाइनल कपी हेरि हस्ताक्षर गरेपछि पेश गरिने केन्द्रिय सदस्य प्रदीप पौडेलले बताए । हिजो बुझाउने तयारी भएपनि धेरैलाई समेट्ने प्रयासले एक दिन ढिलो गरिएको अर्का नेता कल्याण गुरुङले बताए ।