२२ भाद्र २०८१, शनिबार

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता


डा. नारायण खड्का फाइल फोटो

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ । दुई समकक्षीबीच श्रीलंकामा जारी बिम्स्टेकको १८औँ मन्त्रिस्तरीय बैठकका क्रममा ‘साइडलाइन’ भेटवार्ता भएको परराष्ट्रमन्त्री सचिवालयले जानकारी दिए ।

उक्त भेटघाटमा कनेक्टिभिटी, ऊर्जा, मल र स्वास्थ्यको विषयमा छलफल भएको बताइएको छ । ‘रामायण सर्किट’लाई अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !