७ मंसिर २०८१, शुक्रबार

मेयर, उपमेयरदेखि सांसद, मन्त्री सबैको सम्पत्ति छानवीन गरौं, सुरुवात मेरैबाट गरियोस् : गुरुङ


धनराज गुरुङ

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले २०४६ सालपछिका गाविस अध्यक्ष, उपाध्यक्ष र नपाका मेयर, उपमेयरदेखि सांसद, मन्त्री, प्र.म.,उच्च पदका कर्माचारी, सेना, प्रहरी, न्यायाधीश सबैको सम्पत्ति छानवीन गर्न आग्रह गरेका छन्।

काँग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै उपसभापति गुरुङले उनीहरुको सम्पत्ति छानवीन गरेर मुलुकमा व्याप्त भ्रष्टाचार बिरुद्ध अभियान चलाउन आवश्यक रहेको बताए ।

उनले सामाजिक संजालमा लेखेका छन्, “नेका बैठकमा: २०४६ सालपछिका गाविस अध्यक्ष,उपाध्यक्ष र नपाका मेयर, उपमेयरदेखि सांसद,मन्त्री, प्र.म.,उच्च पदका कर्माचारी,सेना,प्रहरी,न्यायाधीश सबैको सम्पत्ति छानवीन गरेर मुलुकमा व्याप्त भ्रष्टाचार बिरुद्ध अभियान चलाअौं। तब कांग्रेस जित्छ। सम्पत्ति छानवीनको सुरुवात मेरैबाट गरियोस्।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !