५ जेष्ठ २०८१, शनिबार

प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने, यस्तो छ कार्यसूची


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री देउवासहित देउवा पत्नी आरजु राणा, परराष्ट्र मन्त्री डा.नारायण खड्का, अन्य मन्त्री र सचिवहरु पनि सहभागी हुने छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले चैत १९ गते उपराष्ट्रपति, भारतीय प्रधानमन्त्री, विदेशमन्त्री र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुखसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !