१२ असार २०८१, बुधबार

कांग्रेस केन्द्रीय समितिको बैठकमा अर्थमन्त्री शर्माकाे राजीनामा माग


जनार्दन शर्मा

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ । आज आइतबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य समेत रहेका सांसद प्रकाश रसाईली (स्नेही) ले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग अर्थमन्त्री शर्मालाई हटाउन माग गरेका हुन् ।

उनले व्यापार घाटा बढेकाे, अर्थतन्त्र ओरालाे लागेकाे तर सुधारकाे प्रयास नभएकाले अर्थमन्त्रीलाई मन्त्रीबाट बर्खास्त गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन् । अर्थमन्त्री शर्मा असक्षम भइसकेकाले उनलाई गठबन्धमा कुरा गरेर प्रधानमन्त्री देउवाले बर्खास्त गर्नुपर्ने वा उनको राजीनामा माग्नुपपने उनले बैठकमा जोडदार माग गरेका हुन् ।

यसअघि प्रतिनिधिसभाको फाल्गुन १२ गते बिहिबार बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) छलफलका लागि पेश गरिने कार्यसूची छलेर अर्थमन्त्री शर्मा पर्वतको सदरमुकाम कुस्मा पुगेदेखि नै प्रधानमन्त्री देउवा शर्मासंग रुष्ट हुने आएका थिए ।

सो दिन संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने उल्लेख गरिएको थियो । एमसीसी पारित गर्ने तयारी भएका बेला संसद् बैठक छल्न अर्थमन्त्री शर्मा पर्वतको कुश्मा पुगेका थिए ।

पर्वत उद्योग वाणिज्य संघको साधारण सभामा सहभागी हुन अर्थमन्त्री शर्मा कुश्मा पुगेका थिए । उनले सो दिन पर्वतको कुस्मास्थित द किल्फ रिसोर्टको स्काई क्याफेमा बसेको शर्मा दम्पतीको भिडियो सार्वजनिक भएको थियो । नेकपा माओवादी केन्द्रले त्यो बेला एमसीसीको विपक्षमा मतदान गर्ने तयारी गरेपछि अर्थमन्त्री शर्मा संसद् छल्न नै श्रीमतीसहित बागलुङ पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !