१३ आश्विन २०८१, आइतबार

विप्लवका पत्रकार र विद्यार्थी संगठनका अध्यक्ष पक्राउ


विप्लव

१० वैशाख, पाल्पा । विप्लव नेतृत्वको नेकपा निकट दुई भातृ संगठन पाल्पा जिल्लाका क्रान्तिकारी पत्रकार संगठनका जिल्ला अध्यक्ष प्रवेश पन्थी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का जिल्ला अध्यक्ष मुक्ति गैरे र उपाध्यक्ष लङ्क राना अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाका विभिन्न शैक्षिक संस्थामा तालाबन्दी गरेको भन्दै सोमबार बिहान उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पूर्व घोषित कार्यक्रम भन्दै आइतबार अनेरास्ववियु (क्रान्तिकारी)ले तालाबन्दी गरेको जिल्ला अध्यक्ष मुक्ती गैरेले बताए । उक्त संगठनले साविकको जिल्ला शिक्षा कार्यालय, हालको नगर शिक्षा शाखा, जनता नमुना विद्यालय, सेन्ट क्यापितानियो, वेथल बोर्डिङ, न्यु होराईजन बोर्डिङ स्कुलमा तालाबन्दी गरेको थियो ।

“गत चैत्र २१ गते हामीले जिल्ला शिक्षा कार्यालयमा बुझाएको ३७ बुँदे माग पुरा नभएकोले पहिलो चरणको संघर्षको कार्यक्रम अन्तर्गत अनिश्चितकालिन तालाबन्दी गर्न बाध्य भएको हौँ र हाम्रा मागहरू तुरुन्तै सम्बोधन गर्न पनि पुनः आह्वान गर्दछौँ’ उनले भने । क्रान्तिकारीले लगाएको ताला प्रहरीले खोलिसकेको छ भने उनीहरूलाई पक्राउ गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !