४ असार २०८१, मंगलबार

पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याउने मन्त्री पोखरेलको घोषणा


girirajmani-pokhrel

१० वैशाख, काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले काठमाण्डौको सिनामंगलस्थित गुहृयेश्वरी माध्यामिक विद्यालयले सोमबार आयोजना गरेको बृहत शैक्षिक जागरण अभियानलाई सम्बोधन गर्दै पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याउने प्रतिवद्धता जनाएका छन् ।

त्यो ऐनमा आफ्ना छोराछोरीहरुलाई विद्यालय नपठाउनेहरुमाथि कार्वाही हुने व्यवस्था राखिने उनले बताए ।

मन्त्री पोखरेलले बालबालिकाहरुलाई विद्यालय पठाए, नपठाएको अनुगमन गर्ने कामको जिम्मेवारी स्थानीय तहलाई दिने गरी संसदमा छलफल गर्ने योजना रहेको पनि बताए ।

सरकारले यस वर्ष बाहिर रहेका सबै बालबालिकाहरुलाई विद्यालयमा ल्याउने योजनाका साथ विद्यालय भर्ना अभियान शुरु गरेको छ । मन्त्री पोखरेलले विद्यालय भर्ना गराउने सरकारको अभियानमा साथ पनि सबैमा आग्रह गरे । स्वेच्छिक अभिभावकत्व ग्रहण गर्दै थप एक जना विद्यार्थीलाई पनि विद्यालय भर्ना गर्न सहयोग गर्न पुनः आहृवान गरे ।

यस वर्ष विद्यालय भर्नामा सहयोग गरे ती सबै विद्यार्थीहरुको जिम्मा आगामी वर्षबाट सरकार आफैले लिने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु