७ मंसिर २०८१, शुक्रबार

हाम्रो पार्टी विस्तार भएको देखेर विपक्षीहररू मानसिक सन्तुलनसमेत गुमाउन थालेको छ : नेपाल


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौं । साता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी विस्तार भएको देखेर आफ्ना विपक्षीहररू आत्तिएर मानसिक सन्तुलनसमेत गुमाउन थालेको टिप्पणी गरेका छन्।

पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले नेकपा एमाले परित्याग गर्ने लहर चलेको र आफ्नो पार्टीमा प्रवेश गर्ने ‘महाभियान’ चलेको दाबीसमेत गरे । शुक्रबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने ‘हाम्रो पार्टीको विस्तार देखेर वैरीहरु आत्तिएका छन् । आत्तिएर उनीहरूले मानसिक सन्तुलन गुमाउन थालेका छन् । जब मान्छेको मानसिक सन्तुलन गुम्छ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !