जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का नेता जगन्नाथ खतिवडाले कांग्रेस गठबन्धनमा भएन भने बाँकी चार दलको गठबन्धन हुने बताएका छन् ।
आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले स्थानीय तह निर्वाचनमा गठबन्धनबीच तालमेल आवश्यक रहेकामा जोड दिएका हुन् ।
प्रतिगमनकारीलाई कमजोर बनाउन गठबन्धन आजको आवश्यकता रहेको उनले बताए । लोकतन्त्र जोगाउन र संसद्लाई स्थायित्व गर्न गठबन्धन चाहिने उनले बताए ।