![रामचन्द्र पौडेल](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/ramchandra.png?fit=1032%2C556&ssl=1)
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूलाई बोलाएका छन् । एक नेताका अनुसार भेला शुक्रबार बिहान ९ बजे काठमाडौंमा हुने छ ।
१४औँ महाधिवेशनपछि गुटगत भेलामा सहभागी नभएका पौडेलले महाधिवेशनको चार महिनापछि जिल्ला सभापतिहरूलाई डाकेका हुन् ।