१२ असार २०८१, बुधबार

प्रदेश नं १ मन्त्रिपरिषद्को निर्णय : ३ सार्वजनिक बिदा थपिए


राजेन्द्रकुमार राई df]/ª, ( kmfu’g . k|b]z g+ ! sf d’VodGqL /fh]Gb|s’df/ /fO{ d’VodGqL tyf dlGqkl/ifbsf] ;efxn lj/f6gu/df ;f]daf/ cfof]lht …k|b]z g+ ! sf] cfly{s ?kfGt/0fsf ;Defljt If]qx?Ú sfo{zfnf uf]i7Ldf dGtJo JoSt ub}{ . t:jL/ M dgf]h bfxfn, /f;;

विराटनगर । प्रदेश नंं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले सात वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको सो बैठकले सङ्घीय सरकारले २०७९ सालका लागि स्वीकृत गरेको बाहेक प्रदेशमा तीन वटा सार्वजनिक बिदा थप गरेको छ ।

यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार भदौ ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गते हुने छठ पर्वको समापनका दिन र कात्तिक २५ गते मनाइने फाल्गुनन्द दिवसका दिन प्रदेशमा सार्वजनिक बिदा दिइने निर्णय भएको हो ।

असाध्य रोग लागेका २१ जना बिरामीको मागअनुसार उपचार खर्चबापत अनुदान दिने, अन्तर्राष्ट्रिय विकास सहायता परिचालन तथा समन्वयसम्बन्धी कार्यविधि, २०७८ स्वीकृत गरी राजपत्रमा प्रकाशन गर्ने र वित्तीय समानीकरण अनुदान तथा राजश्व बाँडफाँटको बजेट सीमा निर्धारण गर्ने सम्बन्धको प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ । मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयले प्रस्तुत गरेको ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान(पहिलो संशोधन नियमावली २०७८’ स्वीकृत गरेको छ ।

त्यसैगरी, पर्यटन तथा संस्कृति मन्त्रालयले प्रस्तुत गरेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रतिवेदन र प्रदेश प्रज्ञाप्रतिष्ठान विधेयक, २०७८ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको यातायात व्यवस्था तथा सञ्चारमन्त्री घिमिरेले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !