६ असार २०८१, बिहिबार

ठुला राजनीतिक परिवर्तनको नेतृत्व काँग्रेसले नै गरेको हो : नेता सिंह


प्रकाशमान सिंह

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले ठुला राजनीतिक परिवर्तनको नेतृत्व काँग्रेसले नै गरेको दावी गरेका छन् । नेता सिंहले संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्न सक्ने पार्टी काँग्रेस मात्रै भएको समेत दावी गरेका छन् ।

आज काठमाडौँको शंखमुलमा भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अस्थिरताबाट निकाससँगै जनताले चाहेको विकास काँग्रेसले नै दिएको बताए।

नेता सिंह देश संकटमा पर्दा काम गर्न नसक्ने, महत्त्वपूर्ण निर्णय लिनुपर्ने बेला ढुलमुले कुरा गर्ने अनि क्रान्तिकारी भाषण दिने भन्दै कम्युनिस्ट दलहरूप्रति आक्रोश पोखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु