९ असार २०८१, आइतबार

एमालेको जनविरोधी भूमिकाले मधेसका जनताले न्याय पाएनन् : प्रचण्ड


प्रचण्ड

जनकपुरधाम । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेको जनविरोधी भूमिकाका कारण मधेसका जनताले न्याय नपाएको आरोप लगाएका छन् ।

मधेश प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपाली क्रान्तिमा मधेसको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको स्मरण गर्दै एमालेले विगतमा र अहिले पनि संसदमा नागरिकता विधेयक प्रस्तुत गर्न नदिएको बताए ।

उनले गठबन्धनको आश गरेर रिल्याक्स नगर्न र आफ्नो खुट्टा बलियो बनाउन कार्यकर्तालाई निर्देशन समेत दिए । डेढ दुई महिनामा मधेसलाई क्रान्तिकारीमय माओवादीमय बनाउनु पर्ने उनको भनाई थियो ।

देशमा आएका सबै संकट मोचन गर्न माओवादी केन्द्रले पहलकदमी लिंदै आएको बताउँदै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन, संविधान घोषण र संविधान कार्यान्वयनको लागि स्थानीय तहको निर्वाचन आरम्भ गर्न आवश्यक राष्ट्रिय एकता कायम गर्ने र आर्थिक विकासमा नयाँ आत्मविश्वास कायम हुने गरि ७.५५ आर्थिक वृद्धि आफ्नो पालामा भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !