१२ आश्विन २०८१, शनिबार

स्थानीय तहको निर्वाचन हाम्रो लागि जीवनमरणको विषय : प्रचण्ड


प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन पार्टीका लागि जीवनमरणको विषय भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष प्रचण्डले गठबन्धनको आशा गरेर रिल्याक्स नगर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । यो निर्वाचन अरूका लागि चुनाव मात्र भएको र आफुहरुको लागि जीवनमरणको विषय भएको उनले टिप्पणी गरे ।

मंगलबार जनकपुरधामको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘हामी हार्दा देश हार्छ । अरू हार्दा देश जित्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !