१२ असार २०८१, बुधबार

सर्वोच्चकाे आदेश : जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्नू


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय निर्वाचनमा मनोनयन दर्ताअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भन्दै आयाेगले सूचना नै जारी गरेपछि सोविरुद्ध सर्वाेच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिताको सो व्यवस्था तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

यस्तो छ हेर्नुहोस् सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश

सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !