८ मंसिर २०८१, शनिबार

एमालेको पोलिटव्युरो बैठक आज बस्दै


एमाले संसदीय दलको बैठक नयाँ वानेश्वर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटव्युरो बैठक आज बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्दै छ ।

एक नेताका अनुसार बैठकमा आसन्न स्थानीय चुनावको तयारीबारे छलफल हुनेछ । ९९ सदस्यीय पोलिटव्युरो बैठकमा समसामयिक राजनीतिक परिस्थितबारे समेत बैठकमा छलफल हुने भएको छ ।

यस्तै बैठकले चुनावी एजेण्डा , उम्मेदवारको मापदण्डलगायतका विषयमा छलफल गर्ने एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !