१५ असार २०८१, शनिबार

पार्टीलाई बलियो र सुदृढ बनाउनु पर्नेमा अध्यक्ष नेपालको जोड


माधवकुमार नेपाल फाइल फोटो

दमौली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेकपा एकीकृत समाजवादी तनहुँले आज आँबुखैरेनीमा आयोजना गरेको पालिकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीमा जनताको आकर्षण बढेकाले यसलाई कायम राख्नुपर्ने बताए ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गाउँ गाउँ पुगेर पार्टीका बारेमा प्रचार गर्न अध्यक्ष नेपालले आग्रह गरे । उनले पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने एकमात्र लक्ष्य रहेकाले सोही लक्ष्यमा हिँड्न सबैलाई अनुरोध गरे ।

अध्यक्ष नेपालले तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र डोटीबाट निर्वाचित पर्यटन, संस्कृति तथा नागरिक उड्डयमन्त्री प्रेम आले नेकपा एमालेमा फर्किने चर्चा हल्लामात्रै रहेको स्पष्ट पारे । “उहाँहरु एमालेमा फर्किने भनेर भ्रम फैलाइएको छ, त्यस्तो भ्रमबाट विचलित हुनुपर्दैन,” नेपालले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !