काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले स्थानीय तहको निर्वाचनअन्तर्गत जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले चुनाव लक्षित १५ दिने अभियान चलाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।
उनकाअनुसार अभियानको नारा ‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ भन्ने तय गरिएको छ ।