३ असार २०८१, आइतबार

एकीकृत समाजवादीद्वारा अनुगमन टोली गठन


एकीकृत समाजवादी स्थायी कमिटि बैठक

काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठकले सातै प्रदेश कमिटीको गतिविधिको अवस्था बुझ्न केन्द्रीय नेताहरूको नेतृत्वमा अनुगमन टोली गठन गर्ने निर्णय भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले अनुगमनका लागि केन्द्रीय नेताहरूको नेतृत्वमा टोली गठन गरिएको एक नेताले जानकारी दिए ।

प्रदेश नम्बर-१ मा प्रमेश हमाल, मधेस प्रदेशमा जगन्नाथ खतिवडा, वाग्मती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा जयन्ती राई, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा बेदुराम भुसाल र सुदूरपश्चिम प्रदेशमा रामचन्द्र झाको नेतत्वमा अनुगमन टोली बनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !