
काठमाडौं । जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले रंगको पर्व होली/फागु पूर्णिमाको शुभकामना व्यक्त गरेका छन् ।
पुर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले फागु पूर्णिमाको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै भनेका छन्, “रंगको पर्व होली/फागुपूर्णिमाको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ! पर्वहरू पारिवारिक र सामाजिक मिलन/सद्भावका राम्रा अवसर पनि हुनसक्छन्! सबैले आआफ्ना सम्भावना र सुविधा अनुसार मनाऔं। हामी पनि मनाउॅदैछौं!”