१२ पुस २०८१, शुक्रबार

मन्त्रीबाट हटाउने भएपछि आले र श्रेष्ठले ओलीलाई भेटेको चर्चा


प्रेम आले, किसान श्रेष्ठ

काठमाडौं । नेपाल (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । पार्टीभित्रै बाट मन्त्रीको कामप्रति असन्तुष्टि जनाएपछि अन्य मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी भएको एक नेताले जानकारी दिए ।

एक नेताका अनुसार मन्त्री बन्दै गर्दा ६ महिनापछि फिर्ता आउने र अरूलाई पठाउने सहमति भएकाले फिर्ता बोलाउन लागेको हो ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठलाई पनि फिर्ता बोलाउने तयारी भएको एक नेताले जानकारी दिए ।

सरकारबाट फिर्ता बोलाउने तयारी भएपछि पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको चर्चा पार्टीभित्र चलेको स्रोतको दावी छ । मन्त्री आले र श्रेष्ठले एमाले अध्यक्ष ओलीलाई भेटेको भए कतै सरकारबाट फिर्ता बोलाए एमाले प्रवेश गर्ने तयारी गरेका त होइनन् भन्ने विश्लेषण समेत हुन थालेको छ ।

एमाले विभाजन हुनुभन्दा अगाडी मन्त्री श्रेष्ठ र मन्त्री आले ओली समुहमा थिए । पार्टी विभाजन भएपछि मन्त्री बन्नकै लागि एमाले छाडेका यी दुई नेता मन्त्रीबाट हटाउने तयारी भएसँगै एमालेमा जाने तयारीमा जुटेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !