१२ असार २०८१, बुधबार

गठबन्धनलाई प्रभाव पर्ने खालको अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई मन्त्री झाँक्रीको निर्देशन


रामकुमारी झाक्री File Photo

कास्की । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गठबन्धनलाई प्रभाव पर्ने खालको अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई निर्देशन दिदिइकी छन् ।

मन्त्री झाँक्रीले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएकी छिन् । मन्त्री झाँक्रीले यस्ता खालका अभिव्यक्तिले समाजमा राम्रो सन्देश नजाने बताइन् ।

मंगलबार एक कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । मन्त्री झाँक्रीले निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !