२० असार २०८१, बिहिबार

तीनै तहको चुनावसम्म गठबन्धन कायमै रहने प्रचण्डको दावी


प्रचण्ड

काठमाडौं । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको चुनावसम्म गठबन्धन कायमै रहने दावी गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा सोमबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले माओवादीले गठबन्धनलाई पहिलो प्राथमिकता भने नठानेको तर शीर्ष नेताहरूबीच तीनै तहको चुनावमा तालमेल गर्नेमा द्विविधा नरहेको बताए ।

प्रचण्डले पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्नेगरी जानुपर्छ भन्ने रहेको बताए । एमालेसँग एकता गरेर नेकपा पार्टी बनेपछि माओवादी आन्दोलनलाई समाप्त पार्न देशीविदेशी शक्तिले षडयन्त्र सुरु गरेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !