नुवाकोट । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका नेता भीम रावलप्रति आक्रोश व्यक्त गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले एमसिसी परियोजनाको विरोध गरेकोमा नेता रावलप्रति आक्रोश व्यक्त गरेका हुन् ।
आज नुवाकोटको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले रावलले मन्त्री हुँदा एमसिसीको विरोध नगरेको तर अहिले विरोध गरेको आरोप लगाएका छन् । देउवाले केपी शर्मा ओली सरकारले संसदमा पेश गरेको एमसिसी प्रस्ताव आफूहरूले पारित गरेको बताए ।