७ मंसिर २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक शुरु, कार्यसूचीमा चढ्यो महाभियोगको प्रस्ताव


संसद बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुरु भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले फागुन २२ गते बसेको बैठकमा ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएको घोषणा गरेसँगै बैठक आज दिउसो बस्ने गरी स्थगित गरेका थिए ।

संघीय संसद सचिवायलद्वारा सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार आज प्रतिनिधिसभा बैठकको पहिलो कार्यसूचीमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले ‘सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन, २०७८’ प्रस्ताव पेश गर्ने रहेको छ ।

यस्तै आज बस्ने प्रतिनिधिसभा बैठकको दोस्रो कार्यसूचीमा नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २७५ को नियम १६१ को उपनियम (१) बमोजिम सांसदहरु देव प्रक्ष गुरुङ, पम्फा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसदहरु समर्थक भई प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने प्रस्ताव पेश रहेको छ ।

यस्तो छ हेर्नुहोस् प्रतिनिधिसभाको बैठकको कार्यसूची

प्रतिनिधिसभाको बैठकको कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !