१९ बैशाख २०८१, बुधबार

सिन्धुपाल्चोक कांग्रेस जिल्ला अधिवेशन आजबाट शुरु


कांग्रेसको क्रियाशील सदस्य

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको सिन्धुपाल्चोक जिल्ला अधिवेशन आजबाट शुरु हुँदैछ । आज र भोलि गरी २ दिनसम्म अधिवेशन चल्नेछ । गत फागुन १४ गते शनिबार कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २७ गते मनोनयन दर्ता गरी भोलिपल्ट निर्वाचन गर्ने निर्णय गरेको थियो ।

यसअघि पटक–पटक सर्दै आएको अधिवेशन फागुन अन्तिम साता गरिने निर्णय गरिएको थियो । पार्टीका जिल्लाका शीर्ष नेताको बैठकबाट सो निर्णय गरिएको थियो । कांग्रेसले अधिवेशन हुन बाँकी रहेका जिल्लामा जिल्ला कार्यसमितिको अधिवेशन आजदेखि शुरु हुन लागेको हो ।

अधिवेशनमा आज मनोनयन दर्ता, उम्मेदवारको दाबी विरोध हुनेछ भने भोलि निर्वाचन हुनेछ । मनोनयन दर्ता गरेकै दिन आज अन्तिम नामावली प्रकाशन गरिनेछ ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा हुने जिल्ला अधिवेशनमा संस्थापन पक्षबाट २ जना र इतरपक्षबाट १ जना गरी ३ जना सभापति पदका लागि चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

सभापति पदक लागि संस्थापन शेरबहादुर देउवा पक्षबाट डा. प्रेमध्वज लामा र जंगबहादुर तामाङले उम्मेदवारी घोषणा गरेका छन् भने संस्थापनइतर डा. शेखर कोइराला पक्षबाट वंशलाल तामाङले उम्मेदवारी दिने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !