७ मंसिर २०८१, शुक्रबार

शेखर, गगनहरु गठबन्धन गरेर जानुहुँदैन भन्ने पक्षमा हुनुहुन्छ, सोचौं : खनाल


झलनाथ खनाल फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले कांग्रेसमा शेखर कोइराला, गगन थापाहरु गठबन्धन गरेर जानुहुँदैन भन्ने पक्षमा रहेको बताएका छन्।

आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले गठबन्धन गरेर गयौँ भने हामीले ७० सिटमात्रै जित्छौँ एक्लै गयौँभने १५५ सिट जित्ने आकलन गरेका रहेछन् तर शेरबहादुर देउवा अहिले पनि गठबन्धन गरेरै जानुपर्ने अडानमा रहेको बताएका छन्।

उनले भने, ‘कांग्रेसले अनुसन्धान गरेर भनेको छ । हामीले पनि अब विचार गरेर निर्णय गर्नुपर्ने हुन्छ ।’ खनालले अहिलेको अवस्थामा कांग्रेस र एमालेमध्ये को ठूलो पार्टी हुने भन्ने होड रहेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !