२१ कार्तिक २०८१, बुधबार

गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश


कांग्रेस

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नेकपा एमालेबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्ष जितेका केदार क्षेत्रीलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् ।

अध्यक्ष क्षेत्री आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् । एमाले सिन्धुपाल्चोकका नेताहरू कृष्ण क्षेत्री, सुवास सुन्दास पनि कांग्रेस प्रवेश गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !