३१ भाद्र २०८१, सोमबार

परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘हाम्रो प्राथमिकता नेपाल-चीन जोड्ने रेल्वे’


ज्ञवाली

७ वैशाख, काठमाण्डौ । ६ दिने चिन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीन जोड्ने रेल्वे नेपाल सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

मन्त्री ज्ञवालीले चीन भ्रमणका क्रममा बेइजिङ्मा गरेका भेटघाटका क्रममा हिमालयन क्षेत्रमा बहुआयामिक यातायात सञ्जाल विस्तार गर्न नेपाल र चीन सहमत भएको बताए ।

सिचुआन विश्वविद्यालय, छङ्दुमा भएको कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले बृहत् शान्ति, समृद्धि र सद्भावको ऐतिहासिक लक्ष्यमा चिनसँग सहकार्य गर्न पाउनु नेपालका लागि गर्वको क्षण भएको बताए ।

उनले भने ‘बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत प्रस्तावित आयोजनाहरूले हिमालयन क्षेत्रका समृद्ध स्रोतसाधनको सदुपयोग गर्दै त्यहाँका जनताको जीवनस्तर सुधार्ने लक्ष्य राख्नुपर्छ ।’

भूपरिवेष्टित देशका लागि अन्तर्देशीय पूर्वाधार निर्माण अत्यन्त महत्वपूर्ण हुने भन्दै उनले नेपालको विकास प्रयासमा ओबरले योगदान गर्ने अपेक्षा व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !