७ असार २०८१, शुक्रबार

प्रचण्डले छोरी र ज्वाईंलाई नै केन्द्रीय सदस्य बनाएपछि…


प्रचण्ड फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनोनीत हुने केन्द्रीय समितिका सदस्यहरु प्रस्ताव गरेका छन् ।

सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले मनोनीत सदस्यहरूको नाम वाचन गरेका छन् ।

जसअनुसार ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची प्रचण्डले पेस गरेका छन् । खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नामा प्रचण्डले पेस गरेका हुन् ।

थप केन्द्रिय सदस्यहरु मध्ये अध्यक्ष प्रचण्डका छोरी छोरी गंगा दाहाल र ज्वाई जीवन आचार्य पार्टी केन्द्रीय कमिटी सदस्य बनेका छन् । आचार्य प्रदेश १ को खसआर्य पुरुष युवाबाट र गंगा वागमती प्रदेशबाट खसआर्य महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !