१३ आश्विन २०८१, आइतबार

देउवा असफल सभापति, यूवाहरुले नयाँ प्रस्ताव पेस गर्छन् : गुरुराज घिमिरे


gururaj ghimire

७ वैशाख, काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एव्म नेविसंघका पूर्व सभापति गुरुराज घिमिरेले कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैली असफल भएको टिप्पणी गरेका छन् ।

नेपाली रेडियो नेटवर्क मार्फत प्रसारण हुने कार्यक्रम नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा नेता घिमिरेले यस्तो टिप्पणी गरेका हुन । नेता घिमिरेले काँग्रेस भित्रिको आन्तरिक बिवादलाई तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिदै भने,‘काँग्रेस सभापति, वरिष्ठ नेता र अरु नेताहरुको काँधमा ठूलो जिम्मेवारी छ, आन्तरिक समस्या समाधान नगरिकन अर्को कुनै विकल्प छैन्, काँग्रेसले यसका बारेमा गम्भीर छलफल गर्नुपर्छ ।’

नेविसंघको स्थापना दिवसको अवसरमा देखिएका विभाजित दृश्यहरुले कुन सन्देश दिन्छन नि ? भनेर सोधिएको प्रश्नको जवाफमा नेता घिमिरेले भने,‘वैधानिक संरचना केही फेरवदल भएको छ, संघीय संरचनामा मुलुक जादा खेरी हाम्रो संगठन पनि त्यसै अनुरुप चल्नुपर्छ, केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समिति लगायत समितिहरुमा नेविसंघ विस्तार गर्नुपर्ने हुन्छ त्यसै अनुरुप जिल्ला, प्रदेश र केन्द्रीय समितिले आफ्नो आफ्नो तरिकाले नेविसंघको स्थापना दिवस मनाएका हुन ।’

उनले अघि थपे,‘यसलाई अनर्थको रुपमा लिनु हुँदैन, सबै नेताहरु एकै ठाउँमा बस्दा राम्रो हुने थियो, तर केही त्यस्ता दृश्यहरु देखिए, ति पार्टीभित्रका समस्याहरु हुन, हामी समाधान गर्नेमा छौँ, पार्टीमा मिलन हुनुपर्छ ।’

सभापति शेरबहादुर देउवाको कार्यशैली प्रतिको विमति के हो भनेर गरिएको अर्को प्रश्नमा उनले भने,‘हाम्रा केही विमतीहरु छन्, सभापतिले पार्टी चलाउने तरिका मिलेको छैन्, यसको अर्थ सभापतिले मात्रै गलत गर्नु भएको छैन्, महामन्त्री लगायत वरिष्ट नेताहरुको पनि कम्जोरी छ, सभापति भएको नाताले बढि गल्ति सभापतिको छ, त्यसपछि सबैको जिम्मेवार छौं, पार्टी र भातृसंगठन कम्जोर बनाउनेमा सबै नेताको कम्जोरी छ, २०४६ साल पछि सरकार अनि पार्टीको नेतृत्वमा रहेर काम गरिरहनु भएको छ, उहाँहरुको ठूलो कम्जोरी छ ।’

उनले अघि थपे,‘शेर बहादुर देउवाले कार्यशैली सुधार गरेर पार्टीलाई अघि बढाउन सक्नुस् हाम्रो शुभकामना छ,पार्टीलाई प्रभावकारी भूमिका खेल्नु पर्छ, पार्टीको महाधिवेशन समयमै गरौँ भन्ने मेरो सुझाव छ ।’ नेता घिमिरेले स्थगित भएको आज देखि सूरु हुने काँग्रेस केन्द्रीय समितिको वैठकमा यूवाहरुले नयाँ प्रस्ताव लिएर अघि जाने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !