१७ असार २०८१, सोमबार

ओलीसँग गम्भीर छलफल गर्छु : अध्यक्ष प्रचण्ड


प्रचण्ड

७ वैशाख, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गम्भीर वार्ता गर्ने बताएका छन् । शुक्रबार बिहान आफ्नै निवास खुमलटारमा केही निकटस्थ व्यक्तिहरुसँगको भेटमा प्रचण्डले बताएका हुन् ।
एमाले नेताहरुको कार्यशैलीका कारण केही संशय पैदा भए पनि त्यसलाई समाधान गर्न आफू क्रियाशिल रहेको प्रचण्डले बताए ।

‘पार्टी एकता नहुँदै त यस्तो व्यवहार देखाउँछन्, भइसकेपछि झन् कस्तो होला ?’ प्रचण्डको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक व्यक्तिले भने, ‘केही द्विविधा र शंकाहरु छन्, त्यसको निवारणको प्रयास गरिरहेको छु ।

एमाले र माओवादीबीच यसअघि वैशाख ९ गते लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन एकता घोषणा गर्ने भनिएको थियो तर, त्यो सम्भावना टरिसकेको नेताहरुले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !