९ मंसिर २०८१, आइतबार

कांग्रेस चितवनको सभापतिमा खनाल विजयी


राजेश्वर खनाल

चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल विजयी भएका छन् । शुक्रबारदेखि जारी अधिवेशनको दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले खनाललाई समर्थन गरेपछि उनी स्वतः विजयी भएका हुन् ।

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान हुने कार्यक्रम तय भएको थियो । पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका खनाल र श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन हुने भनिए पनि श्रेष्ठले खनाललाई समर्थन गरेपछि उनी विजयी भएका हुन् ।

पहिलो चरणमा खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका थिए । यस्तै श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७३ मत, कैलाश कोइरालाले ४१२ मत र प्रा डा सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका थिए भने १०१ मत बदर भएको थियो । अन्य पदको मतगणना हुन बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !