७ पुस २०८१, आइतबार

१३ वटा महत्वपूर्ण निर्णय गर्दै राप्रपाको बैठक सम्पन्न


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा फागुन १८ र १९ गते काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले १३ वटा विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनले पेस गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ । बैठकले अध्यक्ष लिङ्देनको समसामयिक राजनीतिक परिस्थिति र भावी कार्ययोजनासम्बन्धी राजनीतिक प्रतिवेदन, सचिवालयका प्रमुख उपाध्यक्ष हेमजङ्ग गुरुङको सचिवालयसम्बन्धी प्रतिवेदन र महामन्त्री भुवन पाठकको स्थानीय तहको निर्वाचनको तयारीसम्बन्धी प्रतिवेदनलाई पारित गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश कार्य समितिका तर्फबाट प्रदेश अध्यक्षहरूबाट प्रस्तुत प्रतिवेदनहरू परिमार्जनसहित पारित गरिएका छन् ।

राप्रपाले केन्द्रीय कार्य समितिको संख्या बढाएर २५१ सदस्य बनाएको छ । काठमाडौंमा १८ र १९ फागुनमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले १९९ सदस्यबाट बढाएर २५१ सदसीय बनाएको हो । बैठकले आवश्यकता अनुसार विभागहरुको संख्या थप गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्य समितिको संख्या बढाएर २५१ सदस्य बनाएको छ । काठमाडौंमा १८ र १९ फागुनमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले १९९ सदस्यबाट बढाएर २५१ सदसीय बनाएको हो । बैठकले आवश्यकता अनुसार विभागहरुको संख्या थप गर्ने निर्णय गरेको हो ।

यस्ता छन् हेर्नुहोस् राप्रपाको केन्द्रीय कार्य समितिको बैठकले निर्णयहरु

राप्रपाको केन्द्रीय कार्य समितिको बैठकले निर्णयहरु

राप्रपाको केन्द्रीय कार्य समितिको बैठकले निर्णयहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !