धनगढी । नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर मलाई २६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन् ।
दोस्रो चरणको निर्वाचनमा भट्टले एक हजार ३५९ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी बमले एक हजार ९६ मत पाए । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको थियो । आज भएको मतदानमा दुई हजार ४६७ मत खसेको थियो ।
पहिलो चरणको मतगणनामा सभापतिका उम्मेदवार बमले सबैभन्दा बढी मत पाएका थिए । बमले एक हजार १६९ मत पाउँदा सभापतिका अर्का उम्मेदवार भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेका थिए ।
पहिलो चरणमा पहिलो भएका बम र दोस्रो भएका भट्टबीच सभापतिका लागि फेरि मतदान भएको थियो । दोस्रो चरणमा इतर पक्षले पनि बमलाई सघाउने निर्णय गरेको थियो । तर भट्ट संस्थापन पक्षको आधिकारिक उम्मेदवार भएर चुनाव लडेका थिए ।