५ जेष्ठ २०८१, शनिबार

काँग्रेस कैलालीको मतगणना सुरु


कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस कैलालीको मतगणना आज सुरु भएको छ । निर्वाचन समितिका अनुसार आइतबार भएको निर्वाचनको मत गणना आज बिहान ११ बजेदेखि काँग्रेसको जिल्ला पार्टी कार्यालयमा सुरु भएको छ ।

निर्वाचन समितिका अनुसार सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा समूहका नारायण दत्त भट्ट र प्रकाशबहादुर बम प्रतिस्पर्धामा छन् । शेखर कोइराला समूहका रामबहादुर कलेल पनि चुनावी मैदानमा छन् । कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिंह र तीर्थराज जोशीको उम्मेदवारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !