१६ आश्विन २०८१, बुधबार

नेता सापकोटाले भने, ‘समानताका आधारमा पार्टी एकता हुनुपर्छ’


agni

६ वैशाख, काठमाण्डौ । माओवादी केन्द्रका नेता अग्नी सापकोटाले बिहीबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै एमालेसँग पार्टी एकता समानताका आधारमा हुनुपर्ने अडान दोहोर्याएका छन् ।

नेता सापकोटाले दुई पार्टीवीचको एकता सम्मानजनक हुनुपर्ने पक्षमा आफूहरु रहेको पनि स्पष्ट पारे । उनले आम नेतादेखि कार्यकर्तासम्म तथा समर्थकदेखि शुभेच्छुकसम्मलाई गौरवबोध हुनेगरी पार्टी एकता हुनुपर्ने तर्क पनि गरे ।

उनले बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकता गर्ने सम्भावना भने नरहेको पनि स्मरण गराए । पार्टी एकता हुनेमा शंका नगर्न पनि सबैमा आग्रह गरे । केही विषय छलफलमा रहेकाले पार्टी एकतामा केही ढिलाई हुने देखिएको पनि उनले बताए ।

नेता सापकोटाले जनयुद्ध र पार्टी एकताको मोडालिटी लगायतका विषयलाई टुंगो लगाउन २ पार्टीका नेतृत्ववीच छलफल भइरहेको पनि जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !