२ कार्तिक २०८१, शुक्रबार

एमसिसीलाई व्याख्यात्मक घोषणासहित पारित गरौँ, जसलाई अमेरिकाले मान्नुपर्छ : गगन थापा


गगन थापा sf7df8f}F, !% kmfu’g . k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7sdf cy{dGqL hgfb{g zdf{n] ;fdfGo 5nkmnsf nflu ;+;bdf k|:t’t u/]sf] Pd;L;Lsf] af/]df af]Nb} g]kfnL sfFu|];sf g]tf uugs’df/ yfkf . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) व्याख्यात्मक घोषणासहित पारित गर्न आग्रह गर्दै जसलाई अमेरिकाले मान्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

सबैको सहमतिमा एमसिसी पारित होस् भन्ने कांग्रेसको चाहना रहेको र त्यसका लागि प्रयास गरेको बताउँदै उनले नेपालले सबैसँग सहयोग लिएर विकास गर्नुपर्छ भनेर नै यसअघि भारतसँग बिप्पा, चीनसँग बिआरआई र अमेरिकासँग एमसिसी सम्झौता गरिएको स्पष्ट पारे ।

वर्तमान संसद्मा रहेका सबै पूर्वप्रधानमन्त्री र पछिल्ला १० वर्षका सरकारमा रहेका सबै दल एमसिसी सम्झौतालाई अगाडि बढाउन संलग्न भएको स्मरण गराउँदै उनले पहिला सम्झौता गरेर अहिले विरोध गर्नुको कुनै अर्थ नभएको बताए । एमसिसी सम्झौता अनुमोदन भएपछि नेपालको कानूनभन्दा माथि हुन्छ भनेर अनावश्यक हल्ला फैलाइएको दाबी गर्दै नेता थापाले सबैले सम्झौता गरेको अवस्थामा सबै मिलेर सम्झौताका बारेमा स्पष्ट पार्नुपर्ने बताए ।

नागरिकस्तरबाट उठेका प्रश्नको संसद्ले स्पष्ट पार्नुपर्ने आवश्यकता ठहर गर्दै व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन गरिनुपर्ने उनको भनाइ थियो । व्याख्यात्मक घोषणामा लेखिएको विषय अर्को पक्षले मानेपछि मात्र सन्धि अगाडि जाने उल्लेख गर्दै सन्धिमा लेखिएभन्दा तलमाथि भए पनि नेपालले सन्धि खारेज गर्छ भन्ने विषय पारित गरिनुपर्ने बताए ।

“एमसिसी पारित गरौँ, अमेरिका, चीन, भारतसँग सहयोग लिएर देशको पक्षमा काम गरौँ”, सांसद थापाले भने । “उठेका प्रश्न व्याख्यात्मक घोषणा सरकारले ल्याओस् त्यसमा छलफल गरौँ, घोषणासहित त्यसलाई पारित गरौँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !