२ जेष्ठ २०८१, बुधबार

प्रधानमन्त्री देउवाले बोलाएको मन्त्रिपरिषद्को बैठक जारी


प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद्को बैठक संसद भवन नयाँ वानेश्वरमा जारी रहेको छ । प्रतिनिधिसभाको आज जारी बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता छलफलका लागि पेश गरिएको प्रस्ताव बहुमतले पारित भएपछि मन्त्रिपरिषद्को बैठक जारी रहेको हो ।

एमसीसी सम्झौतामाथि ११ बुँदामा व्याख्यात्मक घोषणा गरिने भएपछि मन्त्रिपरिषद्को बैठक बसेको हो । एमसीसी संसद्‌बाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनबीच भएको सहमतिको विषयमा निर्णय गर्नका लागि संसद् बैठक आधा घण्टा स्थगित गरेर मन्त्रिपरिषद्‌को बैठक बसेको हो ।

आइबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने गरेको निर्णयको टिप्पणी मन्त्रिपरिषद्‌बाट पारित गर्ने तयारीमा देउवा सरकार रहेको छ । सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले एमसिसी सम्झौता व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको थियो ।

आज प्रतिनिधिसभाका दुई वटा बैठक सरकारले राखेको छ । सम्पन्न भएको पहिलो बैठकमा एमसीसी छलफलका लागि पेश गरेर बहुमतले पारित भएको छ भने दोस्रो बैठकले अनुमोदन गर्ने रणनीति सरकारले अवलम्वन गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !