३ आश्विन २०८१, बिहीबार

नेता सिंहले भने, ‘सत्तापक्ष र प्रतिपक्ष मिल्नुको विकल्प छैन’


prakash

६ वैशाख, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बानेश्वर बहुमुखी क्याम्पसले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै जनताको समृद्धिको चाहना पूरा गर्नका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनले भने, ‘देशलाई आर्थिक रुपमा समृद्ध बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकारमा रहेको दलको हुने भए पनि प्रतिपक्षको पनि भूमिका हुन्छ,आर्थिक समृद्धिको चाहना चाँडोभन्दा चाँडो सफलतामा परिणत गर्नका लागि कांग्रेस पछि हट्दैन ।’

सिंहले राजनीतिक परिवर्तनवाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि सत्ता पक्ष र विपक्षी दल मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । राजनीतिक दलहरु मिलेर संघर्ष गर्दा ठूला-ठूला राजनीतिक परिवर्तन भएको तर, त्यसलाई संस्थागत गर्न नसक्दा फेरि अर्को आन्दोलन हुने गरेको चर्चा गर्दै उनले सबै मिलेर उपलब्धी संस्थागत गर्नुपर्नेमा जोड दिए ।

संविधान कार्यान्वयन भइसकेको र संघीयता कार्यान्वयन भइसकेकाले अब त्यसलाई सशक्त रुपमा अघि बढाउनुको विकल्प नभएको उनले बताए ।

‘संविधानसभावाट संविधान जारी भएको छ, हामी संघीयतामा छौं । यसलाई प्रभावकारी कार्यान्वयनको विकल्पै छैन,’ उनले भने, ‘बाधा अड्चनलाई पन्छाएर विधिसम्मत तवरले यो सिस्टमलाई सशक्तरुपमा र संस्थागत रुपमा अघि बढाउनु बाहेक अर्को विकल्प छैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !