१७ असार २०८१, सोमबार

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता


देउवा र प्रचण्डको भेटवार्ता फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् । अहिले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को अनुमोदनको विषयमा छलफल जारी रहेको बुझिएको छ ।

प्रचण्ड बालुवाटार प्रवेश गरेको केही बेरपछि अर्थमन्त्री जनार्दन शर्मा पनि प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका छन् । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !