७ मंसिर २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, एमसीसी सम्झौतामाथि छलफल हुने


संसदमा एमसिसी टेवुल

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । हिजो बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अन्तिममा आएर सूचना टाँस गरी आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिनिधिसभाको आज बस्न बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची रहेको छ । संघीय संसद सचिवालयले हिजो बिहीबार सार्वजनिक गरेको आजको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसिसी सम्झौतालाई अगाडि बढाउने विषयमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँस गरी स्थगित गरिएको हो ।

राजनीतिक दलका शीर्ष नेताहरुबीच एमसीसीका बारेमा सहमति जुटाउने प्रयास जारी रहेको छ । हिजो बिहीबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच एमसीसीका बारेमा सहमति जुटाउने प्रयास भएपनि निष्कर्षमा पुगेको थिएन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवावीच बालुवाटार भेटवार्तामा प्रचण्डले देउवालाई यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने भएकोले संसदमा थाती राख्न अनुरोध गरेका थिए ।

सरकारको आग्रहमा आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि आजको संसद बैठक स्थगित गरिएको हो ।

यस्तो छ हेर्नुहोस् आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

 

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !