१२ असार २०८१, बुधबार

संसद बैठकमा एमसीसीको बारेमा बोल्न सांसदलाई ५ मिनेट समय


एमालेद्वारा संसद अवरुद्ध

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकअघि सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको हो ।

कार्यव्यवस्थाको बैठकले आज केही समयपछि बस्न लागेको प्रतिनिधिसभाको बैठकमा संसदमा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) छलफलका लागि कार्यसूची तय गरेको छ ।

संसदमा प्रतिनिनिधित्व गर्ने राजनीतिक दलको विरोधकै वावजूद एमसीसी सम्झौतामाथिको छलफल अघि बढाउने निर्णय कार्यव्यवस्था परामर्श समिति बैठकले गरेको हो ।

एमसीसीको बारेमा छलफलमा भाग लिने प्रत्येक सांसदलाई ५ मिनेटको समय दिइने भएको छ । गत आइतबार संसदमा टेबुल भएको एमसीसीको छलफल आज शुरु हुने कार्यसूची तय गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !